एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी

२०८० चैत्र ३० गते, शुक्रबार

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी भएको गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो ।

यसअघि ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड ९मिनिस्ट्री टर्फ १० मा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनायो।


प्रतियोगितामा नेपालले दोस्रो खेलमा पर्सि शनिवार कतारसँग, वैशाख ३ गते सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।भोलिदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ ।

17 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal