जनताका माग र आवश्यकता औँल्याउदै एमाले नेता कुनाल प्रताप शाह

२०७८ चैत्र २४ गते, बिहीबार

सुमन पौडेल,कपिलवस्तु । कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरको राजनीति मात्र नभएर मानवीय क्षेत्रमा विभिन्न योगदान गर्दै आउनुभएका एमाले नेता तथा समाजसेवी कुनाल प्रताप शाह जनतामाझ लोकप्रिय हुँदै जानुभएको छ । जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा नेपाल भारत सिमामा रहेको कृष्णनगर नगरपालिका र जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पछिल्लो समय युवा राजनीतिज्ञका रुपमा चर्चामा आउनुभएका एमाले नेता कुनाल प्रताप शाह कपिलवस्तुका सम्पुर्ण पालिकाहरुमा एमालेलाई बलियो रुपमा स्थापित गराउने लक्ष्यमा हुनुहुन्छ ।

समाजसेवी शाह नेकपा एमालेमा प्रवेश भएपछि कपिलवस्तुको राजनीतिमा नै हलचल आएको छ । पार्टीका अध्यक्ष केपि शर्मा अ‍ोली सरकारको नेतृत्वमा रहेका बेला ऐतिहासिक कामका कारण एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “योजनावद्ध दृष्टिकोण सहितको विकासको तीब्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापले पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।” शाह परिवारमा जन्मिएका उहाँ युवा राजनीतिज्ञ संगै युवा व्यवसायी पनि हुनुहुन्छ ।

कपिलवस्तुको दक्षिण–पश्चिम क्षेत्रमा रहेको कृष्णनगर नगरपालिका बिकासका दृष्टिकोणले केहि पछाडि परेको समयमा यस क्षेत्रका समग्र विकासका लागि आफ्नो नेतृत्व अपरिहार्य रहेको शाहले दाबि गर्नुभएको छ । नगरपालिकामा प्रत्येक बर्ष हुने बेरुजु, ब्यक्तिबाद हावी हुनु र नेतृत्व गरेका जनप्रतिनिधिले राम्रो नेतृत्व दिन नसक्दा कृष्णनगर नगरपालिका पछि परेको उहाँले बताउनुभयो । २०७४ सालको स्थानीय चुनावमा जनताद्वारा चुनिएका जनप्रतिनिधि हरुमा ब्यक्तिवाद हावी हुनु र कर्मचारीहरुको लापरबाहीले नगरमा जनताका लागि कुनै योजना कार्यान्वयन हुन सकेका छैनन् ।

५ बर्ष स्थानीय नेताले नेतृत्व गर्दा नगरमा सोचेअनुरुपको बिकास निर्माण हुन सकेको छैन । ५ वर्ष पछि हुन लागेको स्थानीय निर्वाचन २०७९ बैशाख ३० मा नेकपा एमाले बाट कुनाल प्रताप शाहको संभावना निकै बलियो देखिएको छ । पार्टीलाई बैचारीक बहस र जनताको मर्म अनुसार अगाडि बढ्ने दृढतका साथ आफु अगाडि बढिरहेकाले समृद्ध समाजका लागि आफ्नो नेतृत्व आवश्यक रहेको एमाले नेता शाह बताउनुहुन्छ ।

स्थानीय जनता संग प्रत्यक्ष रुपमा सम्पर्कमा रहेको र जनताको सुखःदुख मा सहयोग गरेका कारण पनि जनतामाझ लोकप्रिय कुनाल प्रताप शाहले बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारी रहने बताउनुभएको छ ।

1344 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal