शुद्धोधनको अध्यक्षमा चौधरी नै योग्य रहेको मतदाताको ठहर

२०७९ बैशाख २५ गते, आईतवार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा नेकपा (एमाले) ले चुनावी अभियानलाई तिब्रता दिएको छ । अभियानको क्रममा हिजो शनिबार गाउँपालिकाको वडा नम्बर १ मा मतदाता भेटघाट कार्यक्रम उत्साह पूर्वक सम्पन्न भएको छ ।
नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी विनोद चौधरीसहितको टोलीघरदैलोमा पुग्दा स्थानीय मतदाता निकै उत्साहित बनेका छन् । भेटघाटको क्रममा स्थानीय मतदाताले शुद्धोधन गाउँपालिकामा नयाँ नेतृत्वको आवश्यकता महशुस गरेको बताएका छन् । शुद्धोधन गाउँपालिकालाई विकास र समृद्धि बाटोमा अघि बढाउन एमाले उम्मेद्वार विनोद चौधरी नै योग्य रहेको स्थानीय मतदाताले ठहर गरेका छन् । मतदाताले शुद्धोधनको आवश्यकता चौधरी नै रहेको बताउदै आफ्नो अमूल्य मत दिएर विजयी बनाउने आश्वासन समेत दिएका छन् ।

एमालेले नेतृत्व गरेका पालिकाहरुमाविकासको लहर आएको देखेर शुद्धोधनका जनताले पनि यसपाली एमालेकै उम्मेद्वारलाई विजयी गराउन चाहेकोे बताएका छन् । गाउँपालिकामा हाल सम्म खासै परिवर्तन आउन नसकेको र विकास निर्मातमा समेत भेदभावपूर्ण व्यवहार हुने गरेका गुनासो गर्दै, अब यस्तो अवस्था आउन नदिन र सबै पक्षलाई समेटेर लैजान स्थानीयले उम्मेद्वार चौधरीलाई सुझाव दिएका छन् ।
मतदातका गुनासोलाई सम्वोधन गर्दै अध्यक्षका प्रत्यासी चौधरीले भन्नुभयो, ‘म अध्यक्ष हुनु भनेको तपाईहरु नै अध्यक्ष भए जस्तै हो । चुनाव जिते पछि तपाईहरुको समस्या समाधान गर्नु नै मेरो पहिलो प्राथमिकता रहने छ ।’ चौधरीले आफुले जितेमा गाउँपालिको मुहार फेर्ने बताउनुभयो । उहाँले आफुले कसैलाई, कुनै पनि आधारमा भेदभाव वा पक्षपातपूर्ण व्यवहार नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्षका प्रत्यासी चौधरीले एमाले नेतृत्वको सरकारले गरेका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सिमा सुरक्षा, राष्ट्रियता स्वाधिनता जस्ता महत्वपूर्ण कामका कारण शुद्धोधनका जनताले एमालेलाई रोज्ने दावी गर्नु भयो । अध्यक्षका प्रत्यासी चौधरीले गाउँपालिका कार्यालयसंग सबै सहायक सडक जोडदै कालोपत्रे गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । चौधरीले आफ्नो पार्टीले शुद्धोधन गाउँपालिकामा विजयी भएमा कृषिमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने, युवाहरुलाई रोजगारीसंग जोडने, सडक संजाल विस्तार गर्ने जस्ता कार्यहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायमा महिलाहरु माथि थुुप्रै विभेद रहेको चर्चा गर्दै विभेदका विरुद्ध आफुले नेतृत्वदायी भूमिकानिर्वाह गर्ने बताउनुभयो । उपाध्यक्षकी प्रत्यासी जलिमुन्निसा मुसलमानले समुदायका विपन्न बालबालिका, हिंसा पिडित महिला र वृद्धका लागि एमालेले विशेष प्याकेज ल्याउने जिकिर गर्नुभयो ।
त्यसैगरी एमालेको तर्फबाट गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षका प्रत्यासी अब्दुल मोजिबखाँले आफुले जितेमा वडा भित्र शुद्धखानेपानी व्यवस्था, गुणस्तरिय शिक्षा, भ्रष्टाचार मुक्त समाज, बालबालिका, वृद्ध ,अशक्त र अपाङ्ता भएका व्यक्तिहरूलाई घरमा पुगेर सुरक्षा भत्ता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

292 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal