नेपालमा स्थानीय र न्यून चापीय प्रणालीको असर: आज पनि वर्षाको सम्भावना

२०७९ बैशाख २६ गते, सोमबार

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

सोमबार बिहान देशका पहाडी भूभागमा मौसम आंशिक बदली रहेको छ । दिउँसो देशभर बदली रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावन रहेको छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक९दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबार प्रदेश १, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

110 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal